महिला भलिबल प्रतियोगिताकाे च्याम्पियन बन्याे न्यु डायमन्ड

पुस २६, २०८२ |खेल ब्युरो
महिला भलिबल प्रतियोगिताकाे च्याम्पियन बन्याे न्यु डायमन्ड

काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब लगातार दुई पटक राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ। 

शनिबार दशरथ रंगशालाको कभर्डहलमा भएको फाइनलमा विभागीय प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई चार सेटमा पराजित गर्दै न्यु डायमन्डले उपाधि जितेको हो। अघिल्लो हप्ता भएको एनभीए भलिबल च्याम्पियनसिपमा पनि यी दुई टिम नै फाइनलमा पुगेका थिए । 

एक हप्ताअघि मात्रै भएको उक्त फाइनलमा न्यु डायमन्डले सोझो सेटमा पुलिसलाई हराएर चौथो पटक उपाधि जितेको थियो। शनिबारको खेलमा पनि उसले चार सेटमा उपाधिसहित पाँच लाख पुरस्कार जितेको हो। खेलको पहिलो सेटको सुरूआतमा पुलिसले राम्रो प्रदर्शन गरेको भए पनि कन्सिस्टेन्ट रहन नसक्दा २२-२५ ले पराजित भएको थियो। 

अट्याकमा राम्रो खेल देखाएको भए पनि पुलिसले दोस्रो सेटमा पनि कमब्याक गर्न सकेन। दोस्रो सेटमा न्यु डायमन्डले २५-१८ को सहज जित हाासिल गरेको थियो। यो सेटमा एक समय १८-१८ को बराबरी रहेको भए पनि पुलिसले त्यसपछि सहजै सेट सुम्पिएको थियो।

तेस्रो सेटमा न्यु डायमन्डले खराब प्रदर्शन गरेपछि पुलिसले फराकिलो जित हाासिल गरेको थियो। पुलिसले खेलमा २५-१५ ले खेल जित्दै २-१ ले कमब्याकको प्रयास गरेको थियो। चौथो सेटमा पनि एक समय पुलिस क्लब १२-६ को फराकिलो अन्तरले अघि थियो। 

सुरूआतमा राम्रो प्रदर्शन गरेको पुलिसविरुद्ध न्यु डायमन्डले कमब्याक गर्यो। यो सेट २७-२५ ले आफ्नो बनाएर न्यु डायमन्ड च्याम्पियन बनेको हो। फाइनलको प्लेयर अफ दि म्याच प्रगति नाथ भइन्। प्रतियोगितामा उपविजेता बनेको पुलिस क्लबले पनि दुई लाख ५० हजार जितेको छ।