
काठमाडौं । राष्ट्रिय महिला भलिबल लिग २०२६ कै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपीएफ क्लबलाई ३-१ सेटले पराजित गरेको छ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा आर्मीले पहिलो सेट २७-२५ ले जित्दै सुरूवाती अग्रता बनाएको थियो। दोस्रो सेटमा भने एपीएफले २५-११ को सहज जित निकाल्दै खेल १-१ को बराबरीमा ल्याएको हो। तेस्रो सेटमा आर्मीले पुनः सशक्त प्रदर्शन गर्दै २५-२१ को जित हात पार्यो।
चौथो सेटमा पनि आर्मीले उत्कृष्ट प्रदर्शनलाई कायम राख्दै २५-२२ ले जित निकालेर खेल आफ्नो पक्षमा पार्यो। खेलभरि दुबै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि निर्णायक क्षणमा नेपाल आर्मीले आक्रमण र ब्लकमा प्रभावकारी प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो।
अब शनिबार हुने तेस्रो स्थानको खेलमा पनि आर्मी र एपीएफले नै प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले पाँच लाख रूपैयाँ , दोस्रोले २ लाख ५० हजार, तेस्रो टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रूपैयाँ प्राप्त गर्नेछन्।