
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य स्ट्राइकर साबित्रा भण्डारी 'साम्बा' करिब ९ देखि १२ महिनासम्म मैदान बाहिर रहने भएकी छन् ।
अस्ट्रेलियन 'ए'-लिगअन्तर्गत ब्रिसबेनमा सम्पन्न राउन्ड-११ को खेलमा ब्रिसबेनविरुद्ध दोस्रो हाफको अन्त्यतिर साम्बा घाइते भएकी थिइन् । बलका लागि प्रतिस्पर्धा गर्ने क्रममा रोअरकी गोलकिपर क्लोई लिंकनले साम्बाको दाहिने खुट्टा थिचेपछि उनी घाइते भएकी हुन् ।
एमआरआई परीक्षणले साम्बाको दाहिने घुँडामा रहेको एसीएल ग्राफ्ट च्यातिएको पुष्टि भएको वेलिङ्टन फिनिक्सले जनाएको छ । यससँगै उनले 'ए' लिगको पुरै सिजन गुमाउने भएकी छन् । फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टमनले साम्बाको चोटले टोली अत्यन्तै निराश भएको बताइएकी छन् ।
साम्बाको चोटपछि वेलिङ्टन फिनिक्सले वैकल्पिक फरवार्ड खोजी गरिरहेको छ । तर ए-लिगको रजिस्ट्रेशन विन्डो बन्द भइसकेकाले क्लबको खेल 'फ्री-एजेन्ट' खेलाडीमा सीमित हुनेछ । यससँगै नेपालले आगामी दिनमा खेल्ने अन्तर्राष्ट्रिय महिला फुटबलमा समेत साम्बा उपलब्ध हुने छैनन् ।