लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

मंसिर २७, २०८२ |खेल ब्युरो
लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले जिते कार

काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले आमोडाको कार जितेका छन्। 

एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका रोहितले कार पुरस्कार पाएका हुन्। रोहितले प्रतियोगिताभर दुई सय ७८ रन बनाएका थिए। उनले अर्धशतक नबनाएको भए पनि ब्याटिङमा एकै लयको खेल प्रस्तुत गरे र आफ्नो टिमलाई च्याम्पियन बनाए। 

उनले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले १० खेलमा १० विकेट लिए भने फाइनल खेलमा सानदार प्रदर्शन गरे। उनले ६२ लाख मूल्य बराबरको कार पुरस्कार पाएका हुन्। प्रतियोगितामा शेर मल्ल उत्कृष्ट बलर बनेर बाइक पुरस्कार पाएका छन्। 

उनले नौ खेलमा १७ विकेट आफ्नो नाममा गरेका थिए। सुदूरपश्चिमका अभिनाष बोहरा र विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले पनि समान १७-१७ विकेट लिएका थिए। लिगमा पोखरामा एडम रसिङ्टनले सर्वाधिक तीन सय २३ रन बनाएका थिए।