दास्राे संस्करणकाे एनपीएलमा कारकाे हकदार काे ?

मंसिर २६, २०८२ |विनयज्योति सापकोटा
दास्राे संस्करणकाे एनपीएलमा कारकाे हकदार काे ?

काठमाडौं । एनपीएलमा अब फाइनल खेलमात्रै बाँकी रहादा कुन खेलाडीले अहिलेसम्म कस्तो प्रदर्शन गरे त्यो सबैसामू छर्लङ्ग छ । 

रमाइलो के छ भने सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने एक जना नेपाली खेलाडीले कार पुरस्कार पाउनेछन् । यो पुरस्कार कसले पाउँछन् होला त ? आज हामी एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने केही नेपाली खेलाडीको चर्चा गर्नेछौं ।

गत सिजन प्रतियोगिताको उत्कृष्ट नेपाली खेलाडी बनेर दीपेन्द्रसिंह ऐरीले आमोडाको कार पुरस्कार पाएका थिए । यो वर्ष पनि ज्याको कार मैदानमा राखिएको छ । यो कार जित्ने खेलाडीको सूचीमा यो वर्ष पनि दीपेन्द्रलाई अनुमान गर्न सकिन्छ ।

लिगमा ८ खेल खेलेका दीपेन्द्रले फाइनल अघिसम्म एक सय ४९ रन बनाएका छन् । तर उनको ब्याटबाट शतक र अर्धशतक निस्कन सकेको त छैन । यद्यपि ३९ उच्च स्कोर भएका उनको स्ट्राइक रेट एक सय ४४ छ । उनले बलिङमा पनि ठूलो योगदान गरेका छन् र ८ विकेट लिएका छन् । उनी एक पटक प्लेयर अफ दी म्याचसमेत बनिसकेका छन् । उनको फिल्डिङको क्षमताले उनलाई झनै विशेष बनाएको छ ।

सुदूरपश्चिमकै विनोद भण्डारी जारी एनपीएलपछि राष्ट्रिय टिममा छनोट हुने वा नहुने भन्ने चर्चा चुलिएको छ । उनी, एनपीएलका अर्को सर्वोत्कृष्ट खेलाडीको दाबेदार हुन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् ।

८ खेलमा विनोदले २ सय ६४ रन बनाएका छन् यसक्रममा उनले दुई अर्धशतक प्रहार गरे । शतक बनाउन नसके पनि अविजित ६९ रनसम्म भने पुगेका छन् । उनी दुई खेलमा प्लेयर अफ दी म्याचसमेत बनिसकेका छन् । उसले एनपीएलमा उनको प्रोफाइल निकै बलियो देखिन्छ ।

सिजनको पहिलो खेलमा विजयी बने पनि लगातार तीन खेलमा पराजित भएपछि लुम्बिनीलाई फाइनलमा पुग्ने टिमका रूपमा धेरैले हेरेका थिएनन् । यद्यपि रोहित पौडेलको नेतृत्वमा रहेको टिम अहिले उपाधि जित्नबाट एक खेल मात्रै टाढा छ । 

उनको शान्त स्वभावले टिमलाई कठिन स्थितिमा पनि नआत्तिने टिमको रूपमा परिभाषित गरेको छ । बलिया टिमविरूद्धको लगातार जितले लुम्बिनीले एकै सिजनमा दुई प्रकारको चरित्र प्रस्तुत गरेपछि रोहित अहिले सर्वोत्कृष्ट खेलाडीको दाबेदारका रुपमा देखिएका हुन् । उनले नौ खेलमा २ सय ६० रन बनाएका छन् । 

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो नम्बरका उक्लिएका छन् । आफ्नो ब्याटबाट अर्धशतकसमेत बनाउन नसकेको भए पनि उनले कन्सिस्टेन्ट प्रदर्शन गरेका छन् । उनको उच्च स्कोर ४९ रन र उनी निस्वार्थ टिमको हितका लागि खेल्दै आएका छन् । रोहितको स्ट्राइक रेट खास छैन तर बलिङमा पनि उनले ७ विकेट आफ्नो नाममा गरिसकेका छन् ।

उनी दुई खेलमा प्लेयर अफ दी म्याच बनेको कारण उनी लुम्बिनीको पुनरागमनको केन्द्रमा रहेका छन् । बलिङतर्फका सबैभन्दा सफल खेलाडी हुन सन्दीप । उनले, नौ खेलमा १७ विकेट आफ्नो नाममा गरेका छन् । टिमलाई आवश्यक परेको अवस्थामा विकेट लिन सक्ने खेलाडीको रूपमा सन्दीपले जतिबेला पनि विपक्षी टिमलाई दबाबमा राख्न सक्छन् । 

जनकपुरविरूद्धको खेलमा ११ रन मात्रै खर्च गरेर चार विकेट लिनु उनको जारी एनपीएलको उत्कृष्ट बलिङ फिगर हो । उनले चार दशमलव ९१ को इकोनोमीमा बलिङ गरेका छन् । र, एक पटक म्यान अफ दी म्याचसमेत बनेका छन् ।

धेरै विकेट लिने खेलाडीको तालिकामा सन्दीपपछि अभिनाश बोहरा छन् । उनले ८ खेलमा १६ विकेट आफ्नो नाममा गरिसकेका छन् । उनले पनि जनकपुरविरूद्ध ३० रन खर्चिएर लिएको चार विकेट बेस्ट बलिङ फिगर हो ।

यी खेलाडीमध्ये कसले जित्लान् त कार ?


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।