
गोरखा । गोरखा यू-१४ अन्तर विद्यालय छात्र/छात्रा फुटबल लिग प्रतियोगिताको उपाधि सेन्ट जोसेफ स्कुलले जितेको छ ।
अखिल नेपाल फुटबल संघ, गोरखाले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा सेन्ट जोसेफ स्कुलले जिनियस बोर्डिङ्ग स्कुललाई हराउँदै उपाधि जितेको हो ।
उपाधि विजेता सेन्ट जोसेफ स्कुलले नगद २० हजारसहित ट्रफी हात पारेको छ । त्यस्तै छात्रातर्फको यू-१४ फुटबल उपाधि लक्ष्मी सामुदायिक शिक्षा सदनले जितेको छ । लक्ष्मी सामुदायिक शिक्षा सदनले १५ हजार नगद र ट्रफी हात पारेको छ । छात्र र छात्रा दुवै च्याम्पियन टिम प्रदेश लिगका लागि छनाेट भएका छन् ।