काभ्रेमा जिल्लाव्यापी प्रथम तेक्वान्दो खेल प्रतियोगिता हुदैं

मंसिर २५, २०८२ |पुजन धिताल
काभ्रेमा जिल्लाव्यापी प्रथम तेक्वान्दो खेल प्रतियोगिता हुदैं

काभ्रे । काभ्रेमा आगामी पुसमा जिल्लाव्यापी प्रथम तेक्वान्दो खेल प्रतियोगिता हुनेभएको छ । पनौती नगरपालिका वडा नं. १, २ र ३ को संयुक्त आयोजना तथा कुशादेवी तेक्वान्दो डोजाङ्गको सह–आयोजनामा हुने प्रतियोगिता पुस ४, ५ र ६ गते पनौती–२ स्थित कुशादेवी मावि प्राङ्गणमा हुने छ। 

काभ्रेका विभिन्न डोजो तथा विद्यालयमा रहेका तेक्वान्दो खेलाडीबीच तेक्वान्दोका २० विधामा प्रतिस्पर्धा गरिने छ। प्रतिस्पर्धामा सहभागी खेलाडीले दर्ता शुल्क तिर्नु नपर्ने तथा खाना–बस्ने सम्पूर्ण व्यवस्था आयोजकले मिलाउने जानकारी आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। 

प्रतियोगितामा करिब ४ सय खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता सम्पन्न गर्न पुरस्कारबाहेक करिब १० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।