.png&w=1000&height=550)
काठमाडौं । नेपाली क्रिकेट टिम एएफसी यू-१९ एसिया कपको लागि मलेसिया प्रस्थान गरेको छ।
एएफसी यू-१९ प्रिमियर कपको उपविजेता बनेर एसिया कपमा पुगेको टिम मलेसिया गएको हो। नेपाल क्रिकेट संघ क्यानले एसीसी पुरूष एसिया कपका लागि गएको नेपाली टिमलाई मंगलबार बिदाइ गरेको थियो। यही मंसिर २६ गतेबाट मलेसियामा हुने प्रतियोगिताको आफ्नो समूहमा नेपालसँग श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
अर्को समूहमा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् । नेपालले आफ्नो पहिलो खेलमा मंसिर २७ गने श्रीलंकासँग खेल्ने तालिका छ। यसअघि मलेसियामा भएको प्रिमियर कपको फाइनलमा पुगेर नेपालले उमेर समूहको एसिया कपमा स्थान बनाएको थियो। एसिया कपमा नेपालको कप्तानी अशोक धामीले गर्ने छन् भने निराज यादव उप–कप्तानको भूमिकामा रहनेछन्।
प्रमियर कप खेलेको टिममा अहिले चार परिवर्तन गरिएको छ। एनपीएलमा सहभागी बनेका अभिषेक, साहिल, विपिन र युवराज थपिएका हुन्। यससँगै नेपाली टिम थप बलियो बनेको छ। घोषित टोलीमा बलिङ र ब्याटिङ विभागमा उत्कृष्ट प्रदर्शन गर्दै आएका युवा खेलाडीलाई समावेश गरिएको छ।
टोलीको कप्तानी अशोक धामीले गर्नेछन् भने उपकप्तानमा निरज यादव रहेका छन्। त्यसैगरी दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल रहेका छन्। टिममा अन्य खेलाडीहरूमा निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्।
प्रिमियर कपको फाइनलमा नेपाली टिम यूएईसँग पराजित भएर उपविजेता बनेको थियो। तर अहिले उक्त टिममा रहेका खेलाडीमा चार परिवर्तन गरिएको छ।