.png&w=1000&height=550)
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएल २०२५ को एलिमिनेटर खेलमा बुधबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल अपराहृन ४ बजे सुरू हुनेछ । लिग चरणमा काठमान्डु पाँच जित र दुई हारसहित १० अंक बटुलेर तेस्रो स्थानमा रहेर प्लेअफमा पुगेको थियो । विराटनर किङ्ससँग समान अंक भए पनि काठमान्डु नेट रनरेटमा पछि परेर लिग चरणमा तेस्रो स्थान हासिल गरेको थियो । लुम्बिनी लायन्स भने सात खेलमा चार जित र तीन हारसहित ८ अंक लिएर चौथो हुँदै प्लेअफमा प्रवेश गरेको हो ।
बुधबारको खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ । लिग चरणको पहिलो भेटमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो भने गत सिजनको लिग खेलमा दुई टोली आमनेसामने हुँदा काठमान्डु १८ रनले विजयी भएको थियो ।
काठमान्डुका लागि बेन चाल्र्सवर्थले ७ खेलमा १ सय ९७ रन बनाएका छन् । उनी टिमका सर्वाधिक रन कर्ता समेत हुन् । जन सिम्प-सन र भीम सार्कीबाट पनि टिमले आज उत्कृष्ट ब्याटिङ प्रदर्शनको अपेक्षा गरेको छ । अलराउन्डरको रूपमा मिलिन्द मुमारले राम्रो प्रदर्शन गर्दै आएका छन् । कप्तान करण केशी र शाहब आलमले काठमान्डुका लागि समान १२-१२ विकेट लिएका छन् ।
करण शाहबसँगै रशिद खानले बलिङमा उत्कृष्ट लय कायम राख्दै सात खेलमा संयुक्त रूपमा ३७ विकेट दिलाएका छन् । बलिङ काठमान्डुको मुख्य शक्ति बनेको छ । लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले ७ खेलमा २ सय ८ रन बनाएका छन् भने शेर मल्लले १० विकेट लिएका छन् ब्याटिङमा रोहितसँगै डार्सी सर्ट र दिलीप-नाथले निरन्तर योगदान दिँदै आएका छन् । रूबेन ट्रम्पे-लमन र अभिषेक गौतमको प्रदर्शन ठिक ठाक रहे पनि बलिङ विभागमा केही उतार-चढाव देखाएको छ । यसलाई लुम्बिनीले बुधबार सुधार्नुपर्नेछ ।