
झापा । झापमा जारी अर्जुनधारा खुला महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको छ । २५-१९, २५-१४ र २५-१७ अकंले पराजित गरेको हो । प्लेयर अफ दि म्याच नेपाल पुलिसका रीमा कुवँर बन्नु भएको छ ।
अर्को खेलमा एपीएफले त्रिभुवन आर्मीलाई ३-१ को सेटले पराजित गरेको हो । २५-१५, २२-२५, २५-१८ र २५-१८ को अकंले पराजित गरेको हो । प्लेयर अफ दि म्याच एपीएफकी सृष्टि खड्गी हुनुभएको छ । दुवैलाई जनही नगद ५ हजार प्रदान गरिएको छ ।
प्रतियोगिताको विजेताले नगद २ लाख र ट्र्फी उपविजेताले १ लाख हात पार्ने छन् । तेस्रो हुने दुई टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने छन् । विद्यागत तर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् ।