
काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपाली महिला फुटबल टिमले मंगलबार चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दैछ ।
योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे सुरू हुनेछ । बुधबार भएको खेलमा नेपाल इन्डोनेसियासँग २-१ गोलले पराजित भएको थियो । नविन न्यौपानको प्रशिक्षकमा रहेको नेपाल यस खेलमार्फत पुनरागमनको प्रयासमा हुनेछ ।
रेनुका नगरकोटीको कप्तानीमा अघिल्लो खेलमा नेपालले २०औं मिनेटमा इन्डोनेसियाको आत्मघाती गोलको सहयोगमा सुरूवाती अग्रता लिएको थियो । इन्डोनेसियाले ५७औं मिनेटमा बराबरी गोल फर्काएको थियो । त्यसपछि इन्डोनेसियाले ६६औं मिनेटमा निर्णायक गोल गरेको थियो ।
चाइनिज ताइपेईले भने इन्डोनेसियालाई ५-० ले पराजित गरेको थियो । फिफा वरियतामा इन्डोनेसिया १ सय ६ र नेपाल ८९औं स्थानमा छ ।