
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा भोलि हुने एक खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ। दुवै टोली आफ्नो दोस्रो खेलमा मैदान उत्रँदा पोखरा पहिलो हारको चोट बिर्सनले ध्येयमा हुनेछ भने रोयल्स जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
गत सिजन भेट हुँदा पोखरा सुदूरपश्चिमसँग पाँच रनले मात्रै पराजित भएको थियो। यी दुई टिमबीच साँझको खेल आयोजना हुने भएको कारण दुवै टोली पहिले फिल्डिङको योजनामा हुनेछन् । पोखराले गत सिजनको नतिजालाई ध्यानमा राखेर यो वर्ष आक्रामक ब्याटर जेम्स निशमलाई अनुबन्ध गरेको छ। गत मंगलबार भएको पहिलो खेलमा पोखराका दिनेश खरेल, निशम, तृतराज दाश र किरण ठगुन्नाले ब्याटिङ गर्न नसक्दा पोखरा पराजित हुन पुगेको थियो । त्यसैले पोखराले बलियो टोली सुदूरपश्चिमविरुद्ध कन्सिस्टेन्ट ब्याटिङमा ध्यान दिनुपर्नेछ। समर्थकको पनि ठूलो आशा र भरोषा भएको सुदूरपश्चिम रोयल्सले त लिग चरण मात्रै नभएर उपाधि नै जित्ने लक्ष्य राखेको छ।
पहिलो इनिङको गल्तिलाईसमेत दोस्रो इनिङमा कभर गर्न सक्ने मनोविज्ञान रहेका कारण सुदूरपश्चिमलाई धेरैले उपाधि दावेदार सोचेका छन्। सुदूरपश्चिमसँग खेल्दा पोखराले भने उसको विशेष क्षमता भएका खेलाडीबारेमा भने ध्यान राख्नु आवश्यक छ। दिपेन्द्रको फिल्डिङ, स्कट कुगेलाइन र हरमित सिंहको बलिङ यो खेलको केन्द्रमा रहनेछन्। सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।