
काठमाडौं । सरकार दिशाहीन भएको आरोप लगाउँदै जेन-जीका विभिन्न २३ समूहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
जेन-जीका २३ समूहले आज राष्ट्रपति कार्यालयमा ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्री कार्कीलाई पदबाट हटाउनुपर्ने माग राखेका हुन् । कार्की सरकार दिशाहीन भएको, ठूला भ्रष्टाचारका प्रकरणमा संलग्नलाई कारबाही नगरेको, जेनजी विद्रोहमा भएको नरसंहारमा संलग्नमाथि कारबाही नभएको उनीहरुको आरोप छ ।
प्रधानमन्त्रीका रूपमा कार्कीले भदौ २३ र २४ को विद्रोहको म्यान्डेटअनुसार काम गर्न नसकेको समेत आरोप ज्ञापनपत्रमा लगाइएको छ ।
जेनजी समूहसहितको आग्रहमा कार्की भदौ २७ गते प्रधानमन्त्री बन्नुभएको थियो ।