.png&w=1000&height=550)
काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टी-२० विश्वकपमा नेपालले पहिलो हार ब्यहोरेको छ।
बैंगलुरूमा जारी प्रतियोगितामा नेपाल घरेलु टिमसँग ८५ रनले पराजित भएको हो। पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेट मात्रै गुमाएर दुई सय ९ रन बनाएको थियो। नेपाली बलरहरूले किफायती बलिङ गर्न नसक्दा भारतीय ब्याटरले खुलेर खेल्न सकेका थिए।
ओपनर दिपिकाले सर्वाधिक ७८ रनको योगदान गरिन्। सिमू दासले ६८ रन बनाइन भने फुला सरेनले ३० रनको योगदान गरेसँगै भारतले विशाल लक्ष्य प्रस्तुत गरेको हो। नेपालका लागि सुस्मा तामाङले एक विकेट लिइन्। जवाफमा दुई सय १० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २५ रन मात्रै बनाउन सक्यो।
नेपालका लागि ओपनर विनिता पुनले ३१ रन बनाएर रिटायर्ड आउट भइन्। एनले मनकेशी चौधरीसँग ५९ रनको साझेदारी गरिन्। सुस्मा तामाङ ३० रन बनाएर आउट भएपछि बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालले अब शनिबार अष्ट्रेलियाको सामना गर्नेछ।