भारतका प्रियाङ्क किरित पन्चाल कर्णाली याक्समा अनुबन्धित

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारतका प्रियाङ्क किरित पन्चाल कर्णाली याक्समा अनुबन्धित

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग–एनपीएलको दोस्रो संस्करणका लागि भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ । यो सिजन कर्णालीमा आवद्ध हु्ने उनी चौथो विदेशी खेलाडी हुन् ।

कर्णालीले आज प्रियाङ्कलाई सार्वजनिक गरेको हो । याक्सका निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् ।

यसअघि कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउड पहिलो पटक कर्णाली याक्सबाट एनपिएल खेल्दैछन् ।

ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय उनी गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । १ सय २७ खेलमा आठ हजार ८ सय कढी रन बनाएका छन् । जसमा २९ सतक र ३४ अर्धसतक समावेश छन् । यस्तै, लिष्ट एमा ९७ खेल खेल्दा ८ सतकसहित ३ हजार ६ सय ७२ रन बनाएका हन् । टी-२० तर्फ ५९ खेलमा ९ अर्धसतकसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ । एनपीएल आगामी सोमबारदेखि सुरु हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.