काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्न आइपुगे बेन चार्ल्सवर्थ

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्न आइपुगे बेन चार्ल्सवर्थ

काठमाडौं । काठमाण्डु गोर्खाजका इंग्लिस क्रिकेटर बेन चार्ल्सवर्थ नेपाल आइपुगेका छन् । उनी आज आइपुगेको गोर्खाजले जनाएको छ । उनी गोर्खाजबाट नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण खेल्न नेपाल आएका हुन् ।

२४ वर्षे अलराउन्डरले इङ्ल्यान्डको राष्ट्रिय टिमबाट डेब्यू नगरे पनि इंग्लिस काउन्टी खेल्दै आएका छन् । इंग्ल्यान्डको अन्डर-१९ टीमबाट खेलिसकेका चार्ल्सवर्थ गत सिजनको आई-एल टी २० मा एमआई इमिरेट्स टिमका सदस्य थिए ।

देव्रे हाते ब्याटर र दायाँ हाते बलर चार्ल्सवर्थले १७ वर्षको उमेरमा प्रथम श्रेणीको क्रिकेटमा 'डेब्यू' गरेका थिए । उनले काउन्टी क्रिकेटको ५७ खेलमा २७ सय ५४ रन बनाएका छन् । जसमा ४ शतक र १५ अर्धशतक सामेल छन् । साथै उनको नाममा ३० विकेटसमेत छ । चार्ल्सवर्थले टी-२० क्रिकेटमा ४४ खेल खेल्दै ३ अर्धशतकसहित ७ सय छहत्तर रन बनाइसकेका छन् । करण केसीको कप्तानी र मोन्टी देशाइको प्रशिक्षणमा नयाँ नाम, लोगो र रणनीतिसहित मैदान उत्रिन लागेको गोर्खाज टिममा समेल दक्षिण अफ्रिकी मूलका इंग्लिस विकेटकिपर ब्याटर रिकार्डो भास्को -नेसेलोस, अमेरिकी ब्याटर मिलिन्द कुमार का साथै जन सिम्पसन नेपाल आइसकेका छन् । सन्नी पटेल र नामिबियाका कप्तान जेरार्ड एरास्मस भने टिममा सामेल हुँन बाँकी छ ।

दोस्रो सिजनको एनपीएलको उद्दघटन खेलमा गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्स स‌ँग खेल्दै सिजनको सुरुवात गर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.