एनपीएलकाे उद्घाटन खेलमा काठमान्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्ने

मंसिर १ देखि हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करण फ्लडलाइटमा गर्ने क्यानको निर्णय
कार्तिक २४, २०८२ |खेल ब्युरो
एनपीएलकाे उद्घाटन खेलमा काठमान्डू गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सको सामना गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जकनपुर बोल्ट्सको सामना गर्ने भएको छ। 

त्रिवी क्रिकेट रंगशालामा सााझ ४ बजे सुरू हुने खेल फ्लडलाइटमा आयोजना हुने भएको छ। प्रतियोगिताको लिग चरणमा नौ दिन डबल हेडर परेका छन् भने १० दिन एक-एक खेल आयोजना हुनेछन्। लिग चरणका खेल २१ दिन आयोजना हुँदा त्यसबीचका दुई दिन भने ब्रेक राखिएको छ। 

दोस्रो संस्करणको प्रतियोगिताको लागि प्यारापिट लगभग तयार भएको छ भने फ्लडलाइट पनि जडान भइरहेको छ। एनपीएलको लिग चरणका खेलहरू आगामी मंसिर २१ गते हुनेछ। लिग चरणका १९ खेल फ्लडलाइटमा बसेर हेर्न पाइनेछ। डबल हेडरका दिन भने पहिलो खेल दिउँसो पौने १२ बजे सूरू हुनेछ भने दोस्रो खेल चार बजे सुरू हुने तालिका छ। 

पाँच खेलहरू भने दिउँसो साडे तीन बजे हुनेछन्। लिग चरणको अन्तिम खेलमा कर्णालीले जनकपुरको सामना गर्नेछ। लुम्बिनी लायन्सले भने प्रतियोगिता सुरू भएको चौथो दिनमा आफ्नो पहिलो खेल खेल्नेछ। जनकपुरले भने लिगको पहिलो र अन्तिम खेल खेल्ने सौभाग्य पाएको छ। यसकारण उसले तुलनात्मक रूपमा अन्तय टिमको भन्दा धेरै ब्रेक पाउने भएको छ।