
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलको फेन्चाइजी टिम विराटगर किंग्सले पुवुदु दशानायकेलाई दोस्रो सिजनका लागि मुख्य प्रशिक्षक नियुत्त गरेको छ ।
विराटनगरले साेमबार बिहान सामाजिक सञ्जालमार्फत पुवुदुलाई सार्वजिनक गरेको हो । गत सिजन पुवुदुले जनकपुर बोल्टसलाई च्याम्पियन बनाएका थिए । यो पटक भने उनले सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।
यो सिजन विराटनगर आक्रामक रूपमा प्रस्तुत भइरहेको छ । उसले दक्षिण अफ्रिकाका फाप डु प्लेसीलाई अनुबन्धन गरेको छ । यस्तै आजै श्रीलङ्काका धामिका प्रसादलाई पनि भित्राएको छ । गत सिजन विराटनगरले राम्रो प्रर्दशन गर्न सकेको थिएन । एनपीएल आगामी मसिर १ गतेदेखि सुरू हुँदैछ । खेल तालिका साेमबार सार्वजनिक हुनेछ ।