भारतकाे नयाँ दिल्लीमा बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

कार्तिक २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतकाे नयाँ दिल्लीमा बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित लालकिल्ला मेट्राे स्टेशननजिकै बम बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मेट्राे स्टेशननजिकै पार्क गरिएको कारमा साँझ ६ बजेर ५५ मिनेटमा बम बिस्फोट भएको हो । बिस्फोटमा ८ जनाको मृत्यु भएको र दर्जनौं मानिस घाइते भएको अधिकारीलाई उद्धृत गर्दै द हिन्दूले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । बिस्फोटपछि आगलागी हुँदा दर्जनौं सवारीसाधनमा पनि क्षति पुगेका छन् ।