काठमान्डु गोर्खाजका ओभरसिज खेलाडी जोन सिम्पसन काठमाडौंमा

कार्तिक २४, २०८२ |खेल ब्युरो
काठमान्डु गोर्खाजका ओभरसिज खेलाडी जोन सिम्पसन काठमाडौंमा

काठमाडौं । इंग्लिस क्रिकेटर जोन सिम्पसन साेमबार नेपाल आइपुगेका छन् । 

विकेटकिपर सिम्पसनले दोस्रो सिजनको नेपाल प्रिमियर लिग-एनपीएल काठमान्डु गोर्खाजबाट खेल्दैछन् । सिम्पसन काठमाडौं आइपुग्ने गोर्खाजका दोस्रो ‌ओभरसिज खेलाडी हुन् । अमेरिकाका मिलिन्द कुमारले टिमसँग अभ्यास सुरू गरिसकेका छन् । मुख्य प्रशिक्षक मोन्टी देसाइ पनि यसअघि नै काठमाडौं आइसकेका छन् ।

इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका ३७ वर्षे सिम्पसनले सन् २०२१ मा पाकिस्तानविरूद्ध ओडीआई डेब्यू गरेका थिए । उनले इंग्ल्यान्डबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलिसकेका छन् । विकेट किपर ब्याटर सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ । २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन् ।

उनले ११५ लिष्ट 'ए' खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका थिए । टी-२० मा उनले १९५ खेलमा १२ अर्धशतकसहित ३१ सय ६३ रन बनाएका छन् । उनीसँग काउन्टी क्रिकेट, द हन्ड्रेड र भाइटालिटी ब्लास्ट खेलेको अनुभवसमेत छ ।