भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्यो : महासचिव पोखरेल

कार्तिक २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भदौ २३ र २४ को घटनाले देशलाई दशकौँ पछाडि धकेल्यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाले देशलाई दशकौँ पछाडि धकेलेको बताउनुभएको छ ।

घर फर्क राष्ट्रिय अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकार प्रतिशोधको दृष्टिकोणबाट अघि बढ्न खोजिरहेको आरोप लगाउनु भयो । उहाँले यसले समाजलाई सही दिशा प्रदान गर्न नसक्ने बताउनु भयो । 

प्रतिगमनकारी षड्यन्त्रलाई पराजित गर्न नसके मुलुकको लोकतन्त्र सही दिशामा अघि बढ्न नसक्ने उहाँले जिकिर गर्नुभयो । प्रतिगमनलाई पराजित गर्न विघटित प्रतिनिधि सभालाई पुनःस्थापना आवश्यक रहेको उहाँकाे भनाइ छ । राजनीतिक दलहरू छलफलमा उपयुक्त बाटो प्रतिनिधि सभाको पुनःस्थापना भन्ने गरिरहेको तर भन्न डराइरहेको उहाँले बताउनु भयो । अहिलेको अवस्थामा फागुन २१ मा निर्वाचन हुन नसक्ने उहाँले बताउनु भयो ।

महासचिव पोखरेलले घर फर्क अभियानको शुभारम्भ भएको आगामी दिनमा यसले निरन्तरता पाउने बताउनु भयो । उहाँले एमाले वैचारिक, राजनीतिक रूपमा स्पष्ट रहेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.