प्रथम झापा महिला गोल्डकप २०८२ अन्तराष्ट्रिय आमन्त्रण प्रतियोगिताको तयारी पूरा

कार्तिक १६, २०८२ |खेल ब्युरो
प्रथम झापा महिला गोल्डकप २०८२ अन्तराष्ट्रिय आमन्त्रण प्रतियोगिताको तयारी पूरा

झापा । झापाको शिवसताक्षी नगरपालिका दुधे रङ्गशामा हुने प्रथम झापा महिला गोल्डकप २०८२ अन्तराष्ट्रिय आमन्त्रण प्रतियोगिताको तयारी पूरा भएको छ । 

प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको स्थायी प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ । अतिथि र विशेष दर्शकका लागि ३ सय वटा कुर्सी बनाइएको छ। त्यस्तै १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । प्रतियोगितामा ८ टिम सहभागी हुँदैछन् ।