नास्भिल एफसीमाथि इन्टर मायामीकाे सहज जित

कार्तिक ८, २०८२ |खेल ब्युरो
नास्भिल एफसीमाथि इन्टर मायामीकाे सहज जित

काठमाडौं । इन्टर मायामीले मेजर लिग सकर सिरिजको प्ले अफ पहिलो चरणमा नास्भिल एफसीमाथि ३-१ गोलको सहज जित हात पारेको छ । 

मायामीको जितमा लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे । फ्लोरिडास्थित चेज स्टेडियममा शनिबार बिहान भएको खेलमा मायामी सुरूवातदेखि नै बलियो देखिएको थियो । १९औं मिनेटमा लुइस स्वारेजको क्रसमा मेसीले हेडर गोल गर्दै मायामीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा मायमी १-०ले अघि रहन सफल भयो । ६२औं मिनेटमा टाडेयो आएन्डेले मायामीको अग्रता दोब्बर बनाए । उनका लागि इआन फ्रेले क्रस उपलब्ध गराएका थिए । इन्जुरी समयको छैटौं मिनेटमा मेसीले टिमका लागि दोस्रो गोल थपे । 

मायामीसँगको सम्झौता नवीकरण गर्दै सन २०२८ सम्म पुर्‍याएपछिको पहिलो खेलमा मेसीले सानदार प्रदर्शन गरेका हुन् । उनले एम एल एस को नियमित सिजनमा २९ गोल गरेका थिए । साथै १९ एसिस्ट पनि उनको नाममा छ । एम एल एस मा मेसीको कुल गोल संख्या ४८ छ । इन्जुरी समयको १२औं मिनेटमा नास्भिलका हानी मुख्तारले फ्रि-किकमार्फत आकर्षक गोल गरे पनि त्यो केबल सान्त्वना मात्र रह्यो ।