काठमाडौं । काभा पुरूष नेसन्स कपअन्तर्गतको उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ।
बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझाे सेटमा विजयी भएको हो। कोलको पहिलो सेटमा नेपालले तुर्किमेनिस्तानलाई लगातार दबाबमा राखेको थियो। १०-११, १६-१७ ले मात्रै पछि परेको भए पनि अन्तिम समयमा नेपालले कमब्याक गर्न नसक्दा २५-२२ ले पराजित भएको हो।
तर दोस्रो सेटमा भने नेपालले आशारहित प्रदर्शन गर्यो। एक सय १६-१० ले पछि परेको नेपालले अट्याकमा शक्तिशाली प्रदर्शन गर्न नसक्दा २५-१८ ले परातिज भएको हो। तेस्रो सेटको सुरूआतबाटै लगातार अग्रता बनाएको नेपालले २२-१७ को लिड जोगाउन नसक्दा तुर्किमेनिस्तानले २२-२२ को पुनरागमन गरेको थियो। त्यसपछि २ म्याच पोइन्ट बचाए पनि नेपाल २७-२५ ले पराजित भएको हो।
आजको खेलमा नेपालले ब्लक र डिफेन्समा पनि आशातित प्रदर्शन गर्न सकेन्। यससँगै नेपालले पुरा तीन अंक नै तुर्किमेनिस्तानलाई सुम्पिएको छ। १८ दिन अभ्यास गरेको नेपाल पदक जित्ने लक्ष्यसहित बंगलादेश गएको हो। प्रतियोगितामा ६ टोलीको सहभागीता छ।