काठमाडौं । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूमाथि गम्भीर दुश्मनी लिइरहेको आरोप लगाउनुभएको छ ।
भदौं २४ गतेको आगजनीबाट क्षतिग्रस्त भएको भक्तपुरको बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गरेपछि एमाले अध्यक्ष ओलीले दु:ख परेकामाथि गृहमन्त्रीको दुश्मनी देखिएको जिकिर गर्नुभयो ।
जेन-जी आन्दोलनकारीबाट आफैमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत रहेको ओलीको आरोप छ ।