काठमाडौं । पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार साउनयता २ लाख २ हजार ६ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । गत वर्ष यही अवधिमा १ लाख ७० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका थिए । यो संख्या साउन र भदौमा बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
पछिल्लो तीन महिनामा वैदेशिक रोजगारीमा जाने पुरूष १ लाख ७७ हजार र महिला २५ हजार ४ सय ६८ रहेको छ । एक पटक वैदेशिक रोजगारीमा गएर पुन: जानेको संख्या बढी हुँदा जानेको संख्या बढी देखिएको हो ।