आईसीसी महिला विश्वकप : बंगलादेश र श्रीलंकाबीचको खेल जारी

कार्तिक ३, २०८२ |खेल ब्युरो
आईसीसी महिला विश्वकप : बंगलादेश र श्रीलंकाबीचको खेल जारी

काठमाडौं । आईसीसी महिला विश्वकपमा अहिले बंगलादेश र श्रीलंकाबीचको खेल जारी छ। 

घरेलु टोली श्रीलंकाले आफ्नो समर्थक र मैदानको फाइदा उठाउन नसक्दा उ विश्वकपमा कमजोर देखिएको छ। विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेका यी दुवै टोलीलाई साेमबार आफ्नो खराब लयमा पूर्णविराम लगाउने अवसर छ।

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ४८ ओभर चार बलमा अल आउट भएर २ सय २ रन बनाएको थियो । विष्मी गुणारत्ने शून्यमै आउट भएपछि सुरूआत कमजोर भए पनि त्यसपछि चामारी अथापाथ्थुले हसिनी परेरासाग मिलेर राम्रो इनिङ खेलिन्। 

उनीहरूले ७२ रनको साझेदारी गरे। कप्तान चमारी ४६ रनमा आउट भइन् भने हरिनीले सर्वाधिक ८५ रनको योगदान गरिन्। मध्यक्रममा खेलाडीले राम्रो पदर्शन गर्न नसके पनि निलाक्षिका सिल्वाले ३७ रनको योगदान गरिन्। श्रीलंकाले अन्तिम १४ ओभरमा २१ रन मात्रै बनाएर कमजोर फिनिसिङ गर्यो। 

सानदार बलिङ गने क्रममा बंगलादेशकी सोर्ण अख्तरले तीन विकेट लिएकी थिइन् । अहिले बंगलादेशले २ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको छ। विश्वकपको अंकतालिकामा दुवै टिमको समान २-२ अंक मात्रै छ। अष्ट्रेलिया र इंग्ल्यान्डको भने नौ-नौ अंक छ।