नेपाली क्रिकेट खेलाडीको तस्वीरअंकित हुलाक टिकट प्रकाशन

आश्विन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली क्रिकेट खेलाडीको तस्वीरअंकित हुलाक टिकट प्रकाशन

काठमाडौं । हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ । नेपालले आईसीसी टी-२० विश्वकप एसिया छनोट खेलिरहेको छ। यसैबीच विभागले १० रुपैयाँका दरको पाँच लाख प्रति हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपाली क्रिकेट खेलाडीको तस्वीर अंकित हुलाक टिकटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रमा टाँचा लगाउनु भएको हो । विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला यू-१९ विश्वकप प्रतियोगितामा सहभागी खेलाडीको तस्वीर अंकित हुलाक टिकटमा टाँचा लगाउनका साथै प्रदर्शनी गरिएको हो । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेका नेपाली क्रिकेट खेलाडीको सम्मानका लागि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.