काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिकको संयुक्त छनोट कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।
आजबाट ओमानमा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत सुरुवाती २ खेलबाहेक बाँकी १९ खेल नेपालभर कान्तिपुर म्याक्सको युट्युब च्यानल तथा विश्वभर कान्तिपुर म्याक्स टेलिभिजनबाट हेर्न सकिने छ ।
प्रतियोगिताको प्रसारण अधिकारका लागि आज एडी रिलिज र कान्तिपुर मिडिया ग्रुपबीच सम्झौतामा हस्ताक्षर भएको हो । दुबै पक्षले प्रतियोगिताको मार्केटिङ र प्रसारण अधिकारमा सहकार्य गर्ने भएका हुन् ।
छनोट प्रतियोगितामा एसियाका ९ देश सहभागी छन् । प्रतियोगिताका शीर्ष ३ टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाउने छन् ।