आईपीएलमा कोलकाताको पहिलो जित

वैशाख ६, २०८३ |खेल ब्युरो
आईपीएलमा कोलकाताको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको कोलकाताले आफ्नो सातौं खेलमा आएर पहिलो जित हात पारेको छ। 

दुई सिजन अघिको विजेता कोलकाताले आइतबार घरेलु रंगशाला इडेन गार्डेनमा राजस्थान रोयल्सलाई ४ विकेटले हराएको हो। कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १ सय ५५ रनको सामान्य योगफल बनाएको थियो । 

उत्कृष्ट सुरुवात गरे पनि मिडल र लोअर अर्डर कोल्याप्स हुँदा राजस्थानले ठुलो लक्ष्य प्रस्तुत गर्न सकेन् । वैभव सुर्यवंशी र यसस्वी जैसवालले ८१ रनको साझेदारी गरेका थिए । नवौं ओभरमा वरुण चक्रवर्तीले वैभवलाई ४६ रनमा आउट गर्दै कोलकातालाई ब्रेकथ्रु दिलाएका थिए । 

ध्रुब जुरेल ५ र कप्तान रियान पराग १२ रनमा पभेलियन फर्किए । उनीहरूलाई पनि वरुणलेनै आउट गरे । सिमरोन हिटमायर १५ रनमा मैदान बाहिरिए । त्यसपछिका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । फर्ममा फर्किएका वरुणले चार ओभरमा १४ रन दिएर तीन विकेट लिए । 

कार्ति त्यागीले पनि तीन विकेट लिँदा सुनिल नरायनले २ विकेट हात पारे । जवाफमा कोलकाताले दुई बल बाँकी रहँदा एक सय ५६ रनको लक्ष्य एक सय ६१ रन बनाएर पूरा गरेको हो। टिम सेर्फट र अजिंक्य रहााणे शून्यमा आउट भए पनि रिंकु सिंहले उत्कृष्ट इनिङ खेल्दै आफ्नो टिमलाई जित दिलाएका हुन्। 

क्यामरुन ग्रिनले २७ र रोभमन पावेलले २३ रन बनाए। रिंकुले ३४ बलमा पाँच चौका र दुई छक्कासहित ५३ रनको योगदान गरे। अंकुल रोयले अन्तिममा २९ रन बनाएर टिमलाई जितसम्म पुर्याका हुन्। राजस्थानको रविन्द्र जाडेजाले २ विकेट लिए। 

राजस्थानको लगातार यो दोस्रो हार हो । आईपीएलमा अहिले शीर्ष स्थानको पञ्जाब किंस र लखनउ सुपर जायन्टसबीच प्रतिस्पर्धा भइरहेको छ ।