महिला च्यालेञ्ज ट्रफीमा नेपालको निराशाजनक सुरूवात

वैशाख ५, २०८३ |खेल ब्युरो
महिला च्यालेञ्ज ट्रफीमा नेपालको निराशाजनक सुरूवात

काठमाडौं । नेपालले हारसहित आईसीसी महिला च्यालेञ्ज ट्रफीको सुरूवात गरेको छ । 

आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको हो । रुवान्डामा जारी प्रतियोगितामा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

मनिषा उपाध्यायले सुरुवामै २ विकेट लिदै नेपाललाई सानदार सुरुवात दिलाएकी थिइन् । अमेरिकाका लागी चेतनाले ३०, पूजा गणेशले सर्वाधिक ४७ र गार्गी भोगलेले ३४ रनको योगदान दिए । नेपालका लागी मनिषले २ तथा कविता कुवार र रिया शर्माले १-१ विकेट हात पारे ।

१ सय २४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । नेपालका लागी बिन्दु रावलले सर्वाधिक २६ र कविता जोसीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमेरिकाका लागि माही माधवन र तर्नुम चोपडाले २-२ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेलमा भोली इटालीसाग प्रतिस्पर्धा गर्ने छ।