खोटाङ । खोटाङको लिकुवापोखरी भलिवल क्लबले नेपालमै पहिलो पटक ८० केजी भन्दामाथि तौल समुहको भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
भलिबल विकासको निम्ति सानो टेवा भन्ने मूल नाराका साथ क्लबले असोज २३ गतेदेखि सो प्रतियोगिता आयोजना गर्ने भएको हो । पहिलो संस्करणमा तीन वटा विद्यामा भलिबल प्रतियोगिताको आयोजना गरिएको जसमा खुल्ला वडास्तरीय पुरूष भलिवल प्रतियोगिता, वडास्तरीय महिला भलिबल प्रतियोगिता र ८० केजीमाथि तौल समुह खुला पुरूष भलिबल प्रतियोता हुने क्लवका अध्यक्ष दिनेश राईले जानकारी दिनुभयो ।
खुल्ला वडास्तरीय पुरूष भलिबल प्रतियोगिता अन्तर्गत प्रथमलाई ५० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र, द्वितिय पुरस्कार ३० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र रहेको अध्यक्ष राईले जानकारी दिनभयो ।
यस्तै, वडास्तरीय महिला भलिवल प्रतियोगिताका प्रथमलाई ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितियलाई ३० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र, तथा ८० केजी माथि तौल समुह खुला पुरूष भलिबल अन्तर्गत ५० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र, द्धितिय पुरस्कार ३० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्रसहितको व्यवस्थापन गरिएको अध्यक्ष राईको भनाइ छ ।
खेलाडीहरूले आफ्नो वडा खुल्ने नागरिकता जन्म दर्ता उमेर नपुगेको हकमा, जुनसुकै कागजात सक्कल हुनुपर्ने बसाईसराईको कागजात मान्य नहुने सर्त राखेको छ ।
८० केजी उमेर समुहको हकमा खेल अगाडी तौल लिइने, जम्मा ५ जना खेलाडी १ जना टिम प्रशिक्षक १ जना टिम मेनेजर गरी ११ जना हुनुपर्ने र खेलाडीले जर्सी अनिवार्य लगाउनुपर्ने गरी सर्त राखिएको आयोजकले जानकारी दिएको छ ।