
काठमाडौं । राजनीतिक दल र नेताहरूले सिमरा घटना चुनावको वातावरण बिथोल्ने कदम भएकाे भन्दै आपत्ति जनाएका छन् ।
दलका नेताहरूलाई कार्यक्रमस्थलमै जान नदिने गरी आन्दोलनका नाममा तोडफोड र हिंसात्मक गतिविधि गरिएको उनीहरूको आरोप छ । पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दललाई बारामा सभा गर्न समेत नदिएर सरकार चुनाव नगर्ने बाटोमा हिँडेको आरोप लगाउनुभयो ।
नेपाली कांग्रेस र अन्य दलका नेताहरूले पनि सिमरा घटना निर्वाचनको वातावरण बिगार्ने कदम भनेका छन् । नेताहरूले दलहरूलाई निषेध गरेर चुनाव हुन नसक्ने पनि चेतावनी दिएका छन् ।