काठमाडौं । पब्जी मोबाइल नेसन्स सिरिजअन्तर्गत बुधबार फाइनलको अन्तिम दिनका खेल भइरहेका छन्।
प्रतियोगिताको शीर्ष तिनभित्र रहेका होरा इस्पोट्स, डिआरएस गेमिङ र एचएल एक्सबीच उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ।
फाइनल खेलको तेस्रो दिनको खेलहरु बुधबार भइरहेका हुन्। मंगलबार दोस्रो दिनको समाप्तिमा होरा ८९ अंकका साथ शीर्ष स्थानमा रहेको थियो भने दोस्रो स्थानको डिआरएस दुई अंकले मात्रै पछि छ।
त्यसैगरी तेस्रो स्थानको एचएल एक्स ८२ अंकका साथ शीर्ष दुई टिमलाई दबाबमा राखेको छ। त्यसैगरी नेपेक्सको ६९ अंक रहेको छ। फाइनल खेल बुधबार दिउँसो पौने ६ बजे सुरु भएको छ।
पहिलो खेलमा नेपेक्स विजयी भएर २० अंक जोडेको छ। डिआरएसले १८ अंक जोडेको छ। खेल पाँच म्याप्समा हुनेछन्। इराङ्गल र मिरामारमा समान दुई-दुई खेल हुनेछन् भने सनुकमा एक खेल आयोजना हुनेछ।