काठमाडौं । नेपाल ओलम्पिक कमिटी-एनओसीले जापानको आइची र नागोयामा हुने २०औं एसियाली खेलकुदका लागि चार सय ३४ खेलाडी दर्ता भएको जनाएको छ ।
एनओसीले बुधबार विज्ञप्ति जारी गर्दै ३२ खेलका लागि २ सय ३९ पुरूष र १ सय ९५ महिलासहित कुल ४ सय ३४ खेलाडी दर्ता गरिएको जनाएको हो । यस वर्षको एसियाली खेलकुद सन् २०२६ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ ।
सहभागी देशले खेल र त्यसमा सहभागि हुने खेलाडीको संख्या दर्ता गर्न सेप्टेम्बर १६ मंगलबारसम्मको मिति तोकिएको थियो। यसअघि ३० खेलमा सहभागि हुने खेलाडी दर्ता भएकोमा त्यसमा तेक्वान्दो र फुटबल पनि समावेश गरेर ३२ खेलका खेलाडी दर्ता गरिएका हुन् ।
ती ३२ खेलका संघले पठाएको खेलाडी संख्याका आधारमा एनओसीले खेलाडीको संख्यासहित खेल दर्ता गरेको हो । एनओसीले यसका लागि सुरूमा युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्मा पत्राचार गरे पनि ती निकायहरूले कुनै प्रतिक्रिया दिएका थिएनन् ।
नेपाल एथलेटिक्स संघले पनि सूची नपठाएकाले एनओसी आफैंले म्याराथनमा पुरूष र एक महिला खेलाडीको संख्या पठाएको छ ।