एन्फा र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित

भाद्र ३१, २०८२ |खेल ब्युरो
एन्फा र शीर्ष डिभिजन लिग क्लबबीचको बैठक स्थगित

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फा र शीर्ष डिभिजन लिग क्लबबीच मंगलबार हुने भनिएको बैठक स्थगित भएको छ । 

एन्फाले मंगलबार नै सबै क्लबहरूलाई पत्र पठाउँदै प्रविधिगत कारण देखाएर बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

उक्त बैठकमा आगामी पुसमा गर्न प्रस्तावित सहिद स्मारक 'ए' डिभिजन लिगबारे विस्तृत छलफल हुने तय गरिएको थियो । एन्फाले यसपटक देशका विभिन्न जिल्लाका १४ मैदान प्रयोग गरेर होम एन्ड अवेका आधारमा लिग आयोजना गर्ने प्रस्ताव अघि सारेको थियो । तर बैठक स्थगित भएपछि पुसमा लिग सुरू नहुने सम्भावना बलियो भएको छ ।

यसअघि सोमबार एन्फाका पदाधिकारी र 'ए' डिभिजन क्लब प्रतिनिधिहरूबीचको अन्तरक्रिया कार्यक्रममा यू-१६ लिग तथा 'ए' डिभिजन लिगसम्बन्धि गतिविधि स्थगित गर्ने विषयमा प्रारम्भिक छलफल भएको थियो । 

एन्फाले यू-१६ लिग स्थगित भएको सूचना क्लबहरूलाई जानकारी गराएको थियो ।