आन्दोलनका नाममा सञ्चारगृहमाथि भएको आक्रमणको उद्योग वाणिज्य महासंघद्वारा निन्दा

आश्विन १, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्दोलनका नाममा सञ्चारगृहमाथि भएको आक्रमणको उद्योग वाणिज्य महासंघद्वारा निन्दा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आन्दोलनका नाममा सञ्चारगृहमाथि भएको आक्रमणको निन्दा गरेको छ ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीले मंगलबार काठमाडौंको तीनकुनेस्थित कान्तिपुर कार्यालय अवलोकन गरी सञ्चारमाध्यममाथि भएको आक्रमणको निन्दा गरेको हो । भदौ २४ गते भएको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनमाथि आक्रमण तथा आगजनी भएको थियो।

निजी क्षेत्रले नेपालमा व्यापार व्यवसाय गर्नेहरूका लागि सुरक्षा सुनिश्चितताको माग गरेको छ । अर्थतन्त्रमा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने क्षेत्रको सुरक्षाविना आर्थिक समृद्धि र रोजगारी सिर्जना हुन नसक्ने महास‌ंघका अध्यक्ष ढकालको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आगजनी गरिएका संरचनाको स्थलगत अनुगमन गरिरहेको छ । व्यवसायीहरूले राहत र नीतिगत सहयोग गर्न सरकारसँग मागसमेत गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.