ट्रम्प दोस्रो राजकीय भ्रमणका लागि बेलायतमा, राजा चार्ल्ससँग भेटवार्ता

अमेरिका र बेलायतबीच प्रविधि सम्झौता सम्पन्न
आश्विन १, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
ट्रम्प दोस्रो राजकीय भ्रमणका लागि बेलायतमा, राजा चार्ल्ससँग भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प दोस्रो राजकीय भ्रमणका लागि बेलायत पुग्नु भएको छ ।

राजा चार्ल्सको निमन्त्रणमा विदेशमन्त्री मार्को रूबियो, विशेष दूत स्टीभ विटकफसहित ट्रम्प बेलायत पुग्नुभएको हो । ट्रम्पलाई बेलायतका राजा चार्ल्सले विन्डसर क्यासलमा स्वागत गर्नुभएको थियो ।

भ्रमणकै अवसरमा अमेरिका र बेलायतले प्रविधि सम्झौता सार्वजनिक गरेका छन् । यो सम्झौताले एआई, क्वान्टम कम्प्युटिङ र आणविक ऊर्जामा अर्बौं डलरको लगानी भित्र्याउनेछ ।