काठमाडौं । एन्फा महिला लिग छनोटको प्ले अफ खेलमा राप्ती एफसीलाई हराउँदै झापा एफसी महिला लिगको मुल ड्रमा प्रवेश गरेको छ ।
च्यासल मैदानमा साेमबार सम्पन्न छनोटको अन्तिम खेलमा झापाले राप्तीलाई १-० गोल अन्तरले पराजित गरेको हो । यससँगै छनोट चरण पार गर्दै शीर्ष डिभिनामा स्थान बनाउाने सबै पाँच टोलीको टुङ्गो लागेको छ ।
पहिलो हाफ गोलरहित रहेपछि सब्सटिच्युटकी रूपमा आएको रेखा विष्टले इन्जुरी समयमा हेडिङमार्फत निर्णायक गोल गरिन । यो जितसँगै झापा महिला लिगका लागि छनोट भएका छ ।
यस अघि चर्च बोइज समुह 'ए'को विजेताको रूपमा र आरएस रिजोर्ट उपविजेताको रूपमा छनोट भएका थिए । समुह 'बी'को विजेताका रूपमा संकटा र न्युरो टिम एनआरटी उपविजेताको रूपमा अघि बढेका थिए ।
राप्ती समूह 'ए' र झापा समूह 'बी'को तेस्रो स्थानमा रहेपछि प्लेअफ खेल्ने अवसर पाएका थिए । एन्फाले जारी गरेको यस वर्षको क्यालेन्डरअनुसार महिला लिग सुरू भइ सक्नु पर्ने हो । तर त्यस हुन सकेको छैन । लिगको नयाँ मिति समेत तय गरिएको छैन । महिला लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।