जेन-जी प्रदर्शन : छानबिन समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी प्रदर्शन : छानबिन समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । जेन-जीहरुले सोमबार गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछिको घटनाबारे छानबिन गर्न सरकार समिति गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले छटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइने बताइएको छ ।

जेन-जीहरुले गरेको प्रदर्शनका क्रममा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ । घटनामा ३ सय ४७ जना घाइते भएका छन् । घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसक्नुभएको छ ।

विपक्षी दलहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.