काठमाडौं । मंगलबार साँझ खेलिने तालिका रहेको नेपाल र बंलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्ध भएको छ ।
जेन-जी पुस्ताको प्रदर्शनले उग्ररूप लिएपछि सुरक्षा कारणले खेल रद्ध गर्नु परेको अखिल नेपाल फुटबल संघ-एन्फाका महासचिव किरण राईले बताए । जेन-जीको प्रदर्शनपछि एन्फाका पदाधिकारीहरू साेमबार छलफलमा जुटेका थिए ।
सोही छलफलपछि वर्तमान अवस्थालाई मध्यनजर गर्दै खेल रद्ध गरिएको हो । यस खेलका लागि आज दिउँसो प्रि-म्याच कन्फरेन्स भए पनि क्रमिकरूपमा दिन ढल्दै जाँदा अवस्था असामान्य भएको हो ।
भ्रष्टाचारविरुद्धको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको र सयौं घाइते भएका छन् । काठमाडौंलगायत देशका विभिन्न सहरमा विरोध प्रदर्शन भएको थियो ।
यसै कारण सुरक्षा चुनौती देखिएपछि खेल रद्ध भएको हो । शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।