
काठमाडौँ । नेपालले २३औँ एकेएफ यू-२२ कराते च्याम्पियनसिपमा दुई कास्य पदक प्राप्त गरेको छ ।
नेपालले दुवै पदक क्याडेटतर्फ पाएको हो । चीनमा भएको उक्त प्रतियोगितामा रेहान जावेदले पुरूष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० किलोमुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।-रासस