नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलका लागि एन्फाले बढायो टिकट

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल-बंगलादेश मैत्रीपूर्ण खेलका लागि एन्फाले बढायो टिकट

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलका लागि टिकट संख्या बढाएको छ ।

प्रारम्भमा करिब आठ हजार टिकट बिक्री गर्ने योजना बनाएको एन्फाले सम्पूर्ण ब्लकहरूको अध्ययनपछि दुई हजार थप गर्दै अब सामान्य तर्फ नौ हजार र भीआइपी तर्फ एक हजार गरी कुल १० हजार टिकट उपलब्ध गराउने भएको हो । टिकट दर भने यथावत् रहनेछ । सामान्य प्याारापिटतर्फ ५ सय रुपैयाँ र भीआइपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ ।

खेल हुने दिन दशरथ रंगशालाका सबै गेट खोलिनेछन् भने टिकटमा उल्लेख गरिएको गेट र सिट नम्बरअनुसार दर्शकलाई बस्ने व्यवस्था मिलाइएको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलहरू भदौ २१ र २४ गत साँझ साढे ५ बजे सुरु हुनेछन् । दुवै खेलको समग्र नतिजाका आधारमा विजेता घोषणा गरिनेछ । दुबै लेगको खेलपछि बराबरी नतिजा आए दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय गरिनेछ । विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछन् ।

फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत आयोजना हुने यी खेलका लागि एन्फाले करिब १ करोड २७ लाख रुपैयाँ अनुमानित बजेटसहित सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । बंगलादेशको राष्ट्रिय टोली हाल काठमाडौंमा अभ्यासमा व्यस्त छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.