इम्बोस्डमा जबर्जस्ती गरिएको छैन : यातायातमन्त्री

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
इम्बोस्डमा जबर्जस्ती गरिएको छैन : यातायातमन्त्री

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले कसैलाई पनि इम्बोस्ड नम्बर प्लेट जडानका लागि जबरजस्ती गर्न नखोजेको बताउनुभएको छ । इम्बोस्ड नम्बर प्लेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले जडान नगर्नेहरुलाई जरिवाना र कारबाहीसमेत नगरिने जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले सरकारले जवरजस्ती इम्बोस्ड नम्बर जडान गर्न भनेको भनेर अनावश्यक हल्ला फैलाइएको आरोप लगाउनुभयो । तर, यातायात व्यवस्थापनका लागि यो काम गर्नैपर्ने स्थिति रहेको उहाँको भनाइ थियो ।

सडक इजाजत पारदर्शी हुने, सडक यातायात थप व्यवस्थित बन्ने र सवारी चोरी र आपराधिक गतिविधि नियन्त्रण हुने दाबी पनि मन्त्री दाहालले गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.