काठमाडौं । चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने चीनको दाबीका विषयमा विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दलहरुले जीएसआईको विषयमा संसद्मा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन् । चीनले दाबी गरेको विषयमा नेपालको समर्थन हो या होइन भन्ने विषयमा प्रधानमन्त्रीले नै संसद्मा आएर जवाफ दिनुपर्ने माग उनीहरुको छ ।
सांसदहरुले जापानविरुद्ध चीनले मनाएको विजयोत्सवमा प्रधानमन्त्री ओली सहभागी भएको विषयमा पनि जवाफ माग गरे । नेपालले लिएको असंलग्न परराष्ट्र नीतिविपरीत प्रधानमन्त्रीको सहभागिता भएको उनीहरुको भनाइ छ ।
सांसदहरुले बैठकमा समसामयिक विषयसमेत उठाएका छन् ।