कहिलेदेखि जान पाउँछन् अस्ट्रेलियामा नेपाली श्रमिक ?

भाद्र १९, २०८२ |सुमन पन्थ
कहिलेदेखि जान पाउँछन् अस्ट्रेलियामा नेपाली श्रमिक ?

काठमाडौं । अस्ट्रेलियामा विद्यार्थी मात्र नभएर नेपाली श्रमिकलाई पनि खुला गर्ने तयारी भएपछि यसतर्फ धेरैको चासो देखिएको छ । सरकारले अस्ट्रेलियासाग श्रम समझदारी गर्ने तयारी गरेको हो । त्यसको मस्यौदासमेत सरकारले पठाइसकेको छ । त्यसो भए नेपाली श्रमिक कहिलेदेखि अस्ट्रेलिया जान पाउँछन् ? अनि कति पैसा लाग्छ र के-के काममा जान पाइन्छ त ?

अध्ययनका लागि नेपाली विद्यार्थी र पर्यटक मात्र गइरहेको अस्ट्रेलियामा सरकारले श्रमिक पनि पठाउन खाजेको छ । श्रम समझदारी गरी अस्ट्रेलियालाई आवश्यक पर्ने श्रमिक पठाउने भन्दै सरकारले मस्यौदा पठाइसकेको छ ।

नेपाली श्रमिक कुन काममा लागि र कहिलेदेखि अस्ट्रेलिया जान पाउँछन् ?अस्ट्रेलियन सरकारले नर्सिङ, हस्पिटल, हस्पिटालिटी, केयर हाउस, कुक, वेटर, कृषि उत्पादन तथा प्रशोधन जस्ता क्षेत्रमा श्रमिक खाजेको छ । सबैभन्दा धेरै माग भएको क्षेत्र मासु काट्ने बुचर र होटल रेष्टुरा क्षेत्र हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार नेपाल सरकारले पठाएको श्रम समझदारीको मस्यौदाको जवाफ अस्ट्रेलिया सरकारबाट आएपछि प्रक्रिया सुरु हुने छ । श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय सक्रिय भएको खण्डमा कम्तिमा चार देखि पााच महिना लाग्न सक्छ । त्यसका लागि हाम्रा सरकारी र कूटनीतिक नियोगले सक्रियता बढाउनुपर्ने छ ।

कति शुल्क लाग्छ  ?नेपाल सरकारले बनाएको श्रम समझदारीको मस्यौदामा शून्य लागत भनिएको छ । त्यसमा श्रमिकको भर्ना प्रक्रियादेखि हवाई टिकटसम्म सम्बन्धित रोजगारदाता कम्पनीले बेहोर्नुपर्ने छ । यदि यही मस्यौदा स्वीकृति भएमा शून्य लागतमै नेपाली श्रमिक अस्ट्रेलिया जान पाउने छन् ।

यहाँ अर्को पनि प्रश्न छ । अस्ट्रेलियासँग नजिक रहेका देश इन्डोनेशिया, पपुवा न्यूगिनी, भानुआतु, फिजीजस्ता देशमा बेरोजगार श्रमिक हुँदाहुँदै नेपालबाटै किन लैजाला ?

श्रम मन्त्रालयका अनुसार गोर्खाको परिचय र नेपालीको इमान्दारिता र मिहिनेत अस्ट्रेलियाले बुझेको छ । कानुन उल्लंघनका घटनामा नेपाली कम मात्र मुछिएका छन् । यो नै नेपालीका लागि बलियो आधार हो ।

अहिले अस्ट्रेलियामा झन्डै १ लाख ४० हजार नेपाली छन् । तीमध्ये अधिकांश अध्ययनका लागि पुगेका हुन् । विद्यार्थीका भएर अस्ट्रेलिया पुगेका धेरै नेपालीले पनि नर्सिङ, हस्पिटल, केयर हाउस तथा होटल तथा रेस्टुरेन्टमा काम गरिरहेका छन् । श्रम गर्ने हो भने विद्यार्थीको आवरणमा होइन सोझै श्रम समझदारी गरेर नेपालीलाई लैजाने चाहना अस्ट्रेलियाको पनि देखिएको छ ।


Image

सुमन पन्थ

पन्थ कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।