काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु

भाद्र १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजदेखि सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको ८ दिनसम्म पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पनि भनिन्छ ।

काठमाडौंको हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु भएको यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ। इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

 काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ। भदौ २१ गते शनिबार इन्द्रजात्राको मुख्य दिन हो । उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । सरकारले यो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.