काठमाडौं । नेपाली राष्ट्रिय पुरूष क्रिकेट टिमको जर्सीलाई, स्टक ब्रोकर कम्पनी नासा सेक्युरिटीजले प्रायोजन गरेको छ । तीन वर्षका लागि भएको सम्झौता ७ करोडभन्दा बढीको हुनेछ ।
नेपाल क्रिकेट संघ-क्यान र नासा सेक्युरिटीजबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको हो । आइसीसी टी-ट्वान्टी विश्वकप छनोटको तयारीस्वरुप अस्ट्रेलिया प्रस्थान गर्नु अघि टिमको जर्सी प्रायोजन भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नासाका प्रबन्ध निर्देशक मदन पौडेलले प्रायोजनसहितको जर्सी सार्वजनिक गरेका हुन् । क्यानले जर्सी प्रायोजनको टेन्डरमा न्युनतम मुल्य २ करोड तोकेको थियो ।
दुई पक्षबीच आजै सम्झौतामा हस्ताक्षर पनि भयो । क्यान अध्यक्ष चन्द र नासाका प्रबन्ध निर्देशक मदन पौडेलले हस्ताक्षर गर्दै नया बजारको सुरूवात भएको प्रतिृकया दिए ।
नेपालले टप एन्ड टी-ट्वान्टी सिरिजमा प्रायोजन सहितको जर्सी लगाएर खेल्नेछ ।