काठमाडौं । पहिलो पटक पुर्वी नेपालको ताप्लेजुङ पुगेको पश्चिम नेपालको सहारा क्लब पोखरा पहिलो खेलमै पराजित भएको छ ।
रेडस्टार क्लब झापासँगको खेलमा २-१ गोलले पराजित भएपछि सहारा क्लब घर फर्किएको हो । भानु माविको मैदानमा मध्य पश्चिमको सहारा र पूर्वको झापा आमनेसामने भएकोमा झापाका सविनकुमार लुंगेलीले दोहोरो गोल गरे ।
मैदान प्रवेश गरेको पहिलो मिनेटमा रेडस्टारका रोशन ठकुरीले डि बक्सभित्र निकालिदिएको पासलाई ७६औं मिनेटमा गोल गर्दै लुंगेलीले गोलको खाता खोलेका थिए । सहाराका खेलाडीले लुंगेलीलाई नै फल्ट गरेपछि रेडस्टारले पेनाल्टी पाएको थियो ।
पेनाल्टीमा लुंगेलीले गोल गरेर खेल २-०मा समाप्त गरेका हुन्। यससँगै उनको टिमलाई सेमिफाइनल प्रवेश गरेको छ। सोमबारको खेल लिजेण्ड फुटवल एकेडेमी सिलिगुडी भारत र चर्चव्वाइज क्लब ललितपुर काठमाण्डौंबीच हुने छ ।