काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको अन्तिम खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ। भुटानको राजधानी थिम्पूमा भएको खेलमा नेपाल उत्तर कोरियासँग ११-० ले पराजित भएको हो।
नेपाललविरूद्ध खेलको अधिकांश समय उत्तर कोरियाले दबाब बनाएको थियो। नेपाललाई आउटप्ले गरेको कोरियाली टिमले पहिलो हाफमा नै ५-०को अग्रता बताएको थियो।
यो टोलीले छनोटका तिनै खेलमा सानदार जितसहित अन्डर ट्वेन्टी एसियन कपमा छनोट भएको छ। उसले छनोटभरी कुनै गोलको सामना गरेन। पहिलो खेलमा उसले १५-० को जित निकालेको थियो भने दोस्रो खेलमा भुटानलाई १०-० ले हराएको थियो।
नेपालले भने छनोटमा आशा गरेजस्तो प्रदर्शन गर्न सकेन्। पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा साउदी अरबलाई १-० ले हराएको थियो।